नेपाल आयो केटीएम ३९० एडभेन्चर, यस्तो छ मूल्य

काठमाडौं । केटीएमको बहुप्रतिक्षीत एडभेन्चर मोटरसाइकल नेपाल भित्रिएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीले केटीएम ३९० एडभेन्चर नेपाल ल्याएको हो ।
आगामी हप्ताबाट यसको आधिकारीक बिक्री सुरु गर्ने कम्पनीले जनाएको छ । उक्त मोटरसाइकल लामो समयदेखि नेपाल ल्याउने तयारी भइरहकेको थियो ।
यो मोटरसाइकलले बीएमडब्ल्यू ३१० सँग सिधा प्रतिस्पर्धा गर्ने छ । केटीएम ३९० एडभेन्चरमा ३७३ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड एफआई बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३३ बीएच पावर र ७००० आरपीएममा ३७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

केटीएम ३९० एडभेन्चरको लम्वाई २१५४ एमएम, चौडाई ९०० एमएम, उचाई १४०० एमएम, ह्वीलवेस २०० एमएम रहेको छ । त्यस्तै ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ भने, कुल तौल १५८ किलोग्राम रहेको छ ।
उक्त ट्राभल एन्डुरो मोटरसाइकलमा केटीएम २५० रेलीको समान स्टील ट्रेल फ्रेम प्रयोग गरिएको छ । अगाडि डब्ल्यूपी एपेक्स ४३ एमएमको अपसाइड डाउन सस्पेन्सन रहेको छ भने, पछाडि डब्ल्यूपी एपेक्स शक एव्जर्बर दिइएको छ ।
केटीएसम ३९० मा फुल एलइडी हेडल्याम्प/टेलल्याम्प, डिजिटल इन्स्टुमेन्ट कन्सोल, अगाडि १९ र पछाडि १७ इन्चकाे अलाेय ह्वील, एबीएस जस्ता फिचर रहेको छ ।
यसमा १४.५ लिटरको इन्धन ट्याङक रहेको छ भने, यसले प्रतिलिटर २५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी गरेको छ ।आगामी हप्ताबाट बिक्री सुरु हुने केटीएक ३९० एडभेन्चरको मूल्य १० लाख रुपैयाँ हुने कम्पनी स्रोतले बताएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *