दिगो ग्रुपले ल्यायो एकै पटक तीन नयाँ विद्युतीय गाडी, मूल्य ४४ लाखदेखि सुरु

काठमाडौं । दिगो ग्रुपले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउन भन्दै एकै पटक तीन नयाँ गाडी सार्वजनि गरेको छ । कम्पनीले ल्याएको तीन बटै गाडी सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न मिल्ने गाडी हो ।
सार्वजनिक गरिएका सवारी साधनमा दिगो ई-बस, दिगो ई६-मिनीबस र दिगो डाँफे-माइक्रोबस रहेका छन् । यी गाडीको प्रारम्भिक मूल्य क्रमशः दिगो ई-बसको १ करोड २६ लाख ५० हजार, दिगो ई६-मिनीबसको ९० लाख र दिगो डाँफे-माइक्रोबसको ४४ लाख रुपैयाँ तोकिएको छ ।
नेपालको मोबिलिटी क्षेत्रलाई रुपान्तरण गर्ने उद्देश्यले खोलिएको दिगो ग्रुपले पर्यावरणमैत्री यातायातमा आफ्नो मुख्य ध्यान केन्द्रित गरेको जनाएको छ । यसको लागि चाहिने सबै पूर्वाधार तयार गरेर कम्पनीले यी सवारी साधनको बिक्री सुरु गरेको कम्पनी द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
यस्तो छ दिगो ई-बस
दिगो ई-बस प्रिमियम विद्युतीय बस हो । यसमा एबीएस, भेन्टिलेसन फ्यानसहितको रुफ ह्याच, स्टेर लाइट, प्रोटेक्सन बार, एलइडी रुट बोर्ड, रिमोट कन्ट्रोल डोर, डिजिटल घडी, एमपी३ प्लस रेडियो, चार्जिङ रिसेप्टेकल, एयर कन्डिसनर, हेड रेल लगायत विशेषता रहेका छन् । यस बसलाई ७० जनासम्म बोक्न मिल्ने बनाउन सकिन्छ । सुरक्षाको दृष्टिले यो बस आगो निभाउने फायर एक्सटिङ्ग्विसर, सेफ्टी ह्याम्मर (चारवटा), पछिल्लो भागमा क्यामेरा, ढोकाको अनुगमन गर्ने प्रणाली जस्ता उपकरणले सुसज्जित छ । यसलाई सार्वजनिक यातायात, अर्बन फ्लिट, सहरभित्रको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल लगायतमा प्रयोग गर्न सकिन्छ ।

१२९ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र १४० किलोवाटको मोटर रहेको यो बसले एकपटकको फुल चार्जमा स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यसको प्रतिकिलोमिटर बिजुली खर्च ७ रुपैयाँ १ पैसा पर्छ ।
दिगो ई६ मिनीबस
प्राविधिक रुपमा उन्नत डिजाइनको दिगो ई६ मिनीबस निकै प्रिमियम रहेको छ । यसले एक पटकमा २० जनासम्म यात्रुलाई प्रदूषण र आवाजरहित तथा आरामदायी यात्राको अनुभव दिलाउँछ ।

उच्चतम सुविधा, लागत न्यूनीकरण र वातावरणमा प्रदुषण नगर्ने भएकाले यो निकै उपयोगी मिनीबस मान्न सकिन्छ । पर्याप्त फराकिलो भित्री भाग, ठूला सिट तथा पस्न र निस्कन सजिला स्लाइडिङ डोर भएको यो बस निश्चित संख्यामा यात्रु ओसार्नका लागि उत्कृष्ट सवारी साधन हो । यो बसमा आवश्यकता अनुसार १४, १६, १७ र २० जनासम्मको लागि व्यक्तिगत सिट भएको बनाउन मिल्छ । यसलाई सहरभित्रको वा एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको रुपमा प्रयोग गर्न सकिन्छ ।
८० किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ११० किलोवाटको मोटर रहेको यो मिनीबस एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसन मा २१० किलोमिटरसम्म गुड्छ । यो बसको प्रतिकिलोमिटर बिजुली खर्च ३ रुपैयाँ २ पैसा मात्र पर्न आउँछ ।
दिगो डाँफे माइक्रोबस
११ सिट क्षमताको डाँफे माइक्रोबस बहुउद्देश्यीय विद्युतीय सवारी साधन हो । प्राविधिक रुपमा उन्नत विशेषताले भरिएको डाँफे फ्लिट सर्भिस, सहरभित्रको र एक सहरबाट अर्को सहरसम्मको यात्रा, कर्मचारी परिवहन, एयरपोर्ट सटल, टुरिस्ट पिक र ड्रप, स्कुल भ्यान तथा साइट सिइङ भेहिकलको लागि उत्तम विकल्प हो ।

४२ किलोवाट आवरको लिथिअम आइरन फस्फेट ब्याट्री र ६० किलोवाटको मोटर रहेको यो सवारी साधन एकपटकको फुल चार्जले स्ट्यान्डर्ड अपरेसन कन्डिसनमा २५० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने छ । यो माइक्रो बसको प्रतिकिलोमिटर बिजुली खर्च १ रुपैयाँ ६ पैसा पर्न आउँछ ।
सवारी साधन सार्वजनिक कार्यक्रममा बोल्दै दिगोका सिइओ हेमन्त पुरानिकले भने ‘नेपालमा बढ्दो वायु प्रदूषणलाई सम्बोधन गर्न इ-मोबिलिटी स्थायी र अनिवार्य जवाफ हो । नेपालमा विद्युतीय सवारी साधन अंगीकार गर्ने परिपाटीलाई गति दिन दिगो ग्रुप अफ कम्पनीजले आफ्नो प्रयासहरुलाई पूर्ण स्तरको इ-मोबिलिटी इकोसिस्टम विकाससँग एकाकार गराएको छ ।’
उनका अनुसार उच्चस्तरीय कार्यक्षमताका यी विद्युतीय बसहरु नेपालका ग्राहक र मूलधारका व्यवसायीको चाहनासँग अतुलनीय रुपमा मेल खानेछ । जसले विद्युतीय बाहनलाई नेपालको मूलधारको सवारी साधन बनाउनेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *