अर्को महिना होन्डाको नयाँ पावरफुल स्कुटर सार्वजनिक हुने

काठमाडौं । होन्डाले नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ । कम्पनीले हालै मात्र एक टीजर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।कम्पनीले १४ अक्टोवर २०२० मिति राखेर नयाँ टीजर ल्याएको छ । यसको मतलव अक्टोबर १४ मा होन्डाको नयाँ स्कुटर सार्वजनिक हुन्छ भन्ने नै हो । कम्पनीले होन्डा फोर्जाको थप नयाँ मोडल ल्याउन भएको हो । हाल होन्डा फोर्जा १२५ र ३०० सीसी क्षमताको इन्जिनमा उपलब्ध रहेको छ ।
केही समय अगाडि होन्डाले फोर्जा ३५० थाइल्यान्डमा सार्वजनिक गरेको थियो । टीजरका अनुसार फोर्जा ३०० लाई अब अन्तर्राष्ट्रिय बजारमा फोर्जा ३५० ले रिप्लेस गर्ने अनुमान गरिएको छ ।

फोर्जा पूर्णत म्याक्सी स्कुटर हो । यसमा ३५० मा ३२९.६ सीसी इन्जिन रहेको छ । यसले २९ बीएच पावर तथा ३२ एनएम टर्क जेनेरेट गर्छ ।होन्डाले फोर्जाको कुनैपनि मोडल अहिलेसम्म नेपाल ल्याएको छैन । त्यसैले कम्पनीले तत्काल यो मोडल नेपाल ल्याउने छैन ।
होन्डाले नयाँ मोडलको बारेमा धेरै जानकारी भने दिएको छैन । कम्पनीले फोर्जालाई ५०० सीसी तथा ७५० सीसीमा समेत ल्याउने तयारी गरिरहेको विभिन्न रिपोर्टहरुमा उल्लेख छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *