टाटाका कार किन्नेलाई ‘इएमआई होलीडे’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आफ्नो प्यासेन्जर कारमा ‘इएमआई होलीडे’को स्किम ल्याएको छ । यो योजना टाटा मोटर्सको नेक्सन, टियागो, टिगोर तथा एनआरजीमा लागू हुने छ ।
यस योजना अनुसार टाटा मोटर्सका यी कारहरु खरिद गर्दा ग्राहकहरुले ६ महिनासम्मको किस्ता तिर्नु पर्ने छैन । आगामी ६ महिनासम्मको किस्ता कम्पनीले तिरिदिने छ । टाटाको एसयूभी एचफाइभमा भने ४ महिनाको मात्र किस्ता छुट हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो योजनामा सहभागी हुनका लागि ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ र बाँकी रकम आठ वर्षे समान किस्तामा हुनु पर्ने छ ।
कार किन्नका लागि डाउन पेमेन्टको पैसा भएका तर आगामी ५-६ महिनासम्म किस्ता तिर्न नसक्ने ग्राहकहरुलाई यो योजनाले फाइदा पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीका अनुसार यो योजना एनआईसी एसीया बैकसँगको सहकार्यमा ल्याइएकोे हो भने यस योजना अन्तर्गत व्याजदर ८.२५ प्रतिशत र सर्भिस चार्ज ०.२५ प्रतिशत मात्र लाग्नेछ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *