७ दिनपछि सार्वजनिक हुँदै नयाँ जेनेरेशन थार, पेट्रोल इन्जिन मुख्य आकर्षण

काठमाडौं । महिन्द्राको चर्चित अफ रोड एसयूभी थारको नयाँ जेनेरेशन मोडल ७ दिनपछि सार्वजनिक हुने भएको छ । यस्तोमा कम्पनीले विभिन्न मिडिया एक्टीभीटी सुरु गरेको छ ।
आगामी अगस्ट १५ मा कम्पनी नयाँ जेनेरेशन थारको सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । महिन्द्राले आफ्नो नयाँ जेनरेशन थारमा धेरै ठूलो परिमार्जन गरेको अनुमान विभिन्न स्पाइ फोटोहरुले पुष्टी गर्छ ।

नयाँ थारको इन्टेरियरमा पनि ठूलै परिमार्जन पाइने भएको छ । पहिलेको तुलनामा लग्जरी फिचरहरु यसमा समावेस गरिएको छ भने अफरोड क्षमता बढाइएको छ । कम्पनी सुरक्षा, आरामदायी र टेक्नोलोजीमा व्यापक परिमार्जन गरेर नयाँ थार बजारमा ल्याउने यसअघि नै जानकारी दिएको थियो ।

नयाँ जेनेरेशन महिन्द्रा थारमा मुख्य आकर्षणको रुपमा २.० लिटर पेट्रोल इन्जिन रहने छ । साथै, २.२ लिटर एमहक डिजेल इन्जिन पनि समावेस रहेको छ । पेट्रोल इन्जिनले १९० बीएच पावर र ३८० एनएमको टर्क जेनेरेट गर्छ भने डिजेल इन्जिनले १४० बीएच पावर प्रदान गर्ने छ । दुबै इन्जिनमा ४ ह्वील ड्राइभ सिस्टम रहने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *