नयाँ इलेक्ट्री स्कुटर र बाइकको बिक्री सुरु, कुलमान घिसिंङ र महाबीर पुनले गरे उद्घाटन

काठमाडौं । सरकारको प्राथमिकतामा इलेक्ट्रीक कार र मोटरसाइकल पर्न नसके पनि नयाँ नयाँ कम्पनीले नेपालमा मोटरसाइकल ल्याउने क्रम भने जारी राखेका छन् ।
यस्तो नेपाली बजारमा नयाँ ब्राण्डको इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटरको बिक्री सुरु भएको छ । उपत्यकामा हिजो एक कार्यक्रमका बीच महाबीर पुन र कुलमान घिसिंङले संयुक्त रुपमा रिवन काटेर जिनियस ब्राण्डको मोटरसाइकल र टेल्जी ब्राण्डको स्कुटरको आधिकारीक बिक्री सुरु भएको घोषणा गरेका थिए ।
यी मोटरसाइकल तथा स्कुटर ‘यो मा माई मोटर्स’ प्रालिले नेपाल ल्याएको हो । कम्पनीले यसको शोरुम काठमाडौंको नारायणचौर, नक्सालमा राखेको छ ।
बिक्री प्रारम्भ र शोरुम उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता महाबीर पुनले भने ‘यस्ता इलेक्ट्रीक सवारीसाधन नेपालका लागि अपरिहार्य रहेको छ । म पनि इलेक्ट्रीक सवारी साधनको क्षेत्र विकासमा लागि परेको छु । यो मा माई मोटर्सले चाहे सहकार्य गरेर यो स्कुटर तथा मोटरसाइकल नेपालमा नै उत्पादन गर्न तयार छु ।’

त्यस्तै अर्का अतिथि कुलमान घिसिंङले वाताबरणमैत्री तथा ४० पैसा प्रतिकिलोमिटरमा यात्रा गर्न सकिने यस्ता सवारी साधनको प्रयोग बढाउनु पर्ने बताए । प्राधिकरणले समेत इलेक्ट्रीक सवारी साधनको चार्जिङको लागि सहुलियत दरमा बिजुली उपलब्ध गराएको उनको भनाई थियो ।
कम्पनीले टेल्जी ब्राण्डका लायन र टाइगर नामक दुई स्कुटर सार्वजनिक गरेको छ । यी दुबै स्कुटरमा धेरै जसो फिचर समान रहेको कम्पनीले जनाएको छ । यी दुबै स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ ।
यस्तै टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ ।
यसका अलावा यी दुवै स्कुटरमा कि लेस स्टार्ट, डिस्क ब्रेक सिस्टम, टीएफटी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर जस्ता फिचर रहेका छन् ।

त्यसैगरि कम्पनीले दुई मोटरसाइकल पनि सार्वजनिक गरेको छ । जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाइ ४६ स्पोर्टस मोटरसाइकल सार्वजनिक गरेको छ । यी दुवै मोटरसाइकलमा समान फिचर रहेको छ ।
यी मोटरसाइकलमा ७२ भोल्ट ६० एम्पीयर व्याट्री र ४ हजार वाटको मोटर रहेको छ । यो व्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न ३ घन्टा ३० मिनेट लाग्ने छ । एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ । यसको फ्रन्टमा डबल टिस्क, चेन ड्राइभ, एलइडी लाइट्स, हिल असिस्ट सेन्सर, टीएफटी डिस्प्ले, मोवाइल होल्डर जस्ता फिचर रहेको छ ।
जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले मासिक किस्ता सुबिधा समेत उपलब्ध गराएको छ । नगदमा किन्न चाहने ग्राहकलाई केही समय बिशेष छुट प्रदान गर्ने कम्पनीका संचालक संजिब सिल्पकारले जानकारी दिए ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *