नयाँ वर्ष २०७८ को पहिलो छ महिना भित्र नेपाल आउने छन् यी ७ कार

काठमाडौं । विक्रम संम्वत २०७७ हामीबाट विदा हुन लागि सकेको छ । कोभिड १९ को बढ्दो प्रकोपका बीच पनि २०७७ सालमा केहि नयाँ गाडी नेपाल आएका थिए । ती गाडीले अहिले राम्रो बजार पाइरहेको छ ।
विशेषगरि हुन्डाईको नयाँ जेनेरेशन क्रेटा, ग्राण्ड आई १० नियोस र अउरा २०७७ मा नेपाल आएका मोडल हुन् । निसान म्याग्नाइट, टाटा अल्ट्रोज, किया सोनेट, एमजी एचएस र डिएफएसके ग्लोरी ५६० जस्ता मोडल २०७७ मा नेपाल आयो ।
मलेसियन ब्राण्ड प्रोटोन र विश्वप्रसिद्ध ब्राण्ड बिएमडब्ल्यूले २०७७ सालमा नै नेपालमा रि इन्ट्री गरेका हुन् । यद्यपी नयाँ मोडल आयात २०७७ मा कम नै भएको मान्न सकिन्छ ।

विक्रम संम्बत २०७८ को ६ महिना भित्र विभिन्न कम्पनीले थुप्रै मोडल बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस वर्ष हुन्डाईले ३ देखि ४ नयाँ मोडल बजारमा उतार्ने अनुमान गर्न सकिन्छ । साथै, रेनो, महिन्द्रा, स्कोडा, फक्सवागन, टाटा, मारुती सुजुकी जस्ता ब्राण्डले पनि नयाँ गाडी नेपाल ल्याउने छन् ।
यी मध्ये विभिन्न कम्पनीले तयारी गरेको ७ मोडललाई हामीले यहाँ प्रस्तुत गरेका छौं । यी गाडी नेपालमा भदौ (सेप्टेम्बर)मा आयोजना हुने ‘नाडा अटो शो २०२१’ सम्ममा नेपाल आउने अनुमान गर्न सकिन्छ ।
१. रेनो काइगर :

रेनो काइगर सब फोर मिटर एसयूभी हो । रेनोको यो गाडी बजारमा अहिलेसम्म उपलब्ध सब फोर मिटर एसयूभी मध्ये सबैभन्दा कम मूल्यको हुने अनुमान गरिएको छ । रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले बैशाख अन्तिमसम्ममा यसको बुकिङ खुल्ला गर्ने अनुमान गरिएको छ ।
२. हुन्डाई आई २० :

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा बजारमा आउने हुन्डाई आई २० को नयाँ जेनेरेशन मोडल भारतमा निकै सफल भएको छ । नेपालमा पनि आई २० निकै सफल कारमा पर्छ । यस्तोमा हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन आई २० असारसम्ममा नेपालमा विक्री सुरु गर्ने अनुमान गरिएको छ ।
३. महिन्द्रा थार :

सब फोर मिटर सेग्मेन्टमा आउने अफरोड एसयूभी थारको नयाँ जेनेरेशन मोडल उत्कृष्ट डिजाइन, आधुनिक फिचर र पेट्रोल इन्जिनको कारण चर्चामा रहेको छ । भारतमा बढ्दो मागका कारण थारको नयाँ जेनेरेशन मोडल नेपाल ल्याउन कठिन भएको आधिकारीक विक्रेता अग्नी इन्कर्पोरेट स्रोतले जानकारी दिएको छ । कम्पनीले यसलाई सक्दो चाँडो बजारमा ल्याउनेगरि काम गरिरहेको जनाएको छ ।
४. स्कोडा कुशक :

स्कोडाको ‘भिजन इन’ कन्सेप्टमा आधारित कुशक आगामी साउनमा नेपाल आउने एमएडब्लु इन्टरप्राइजेज्ले जनाएको छ । कम्पनीले ल्याउने कुशक एक कम्प्याक्ट एसयूभी हो । यसले बजारमा किया सेल्टोस र हुन्डाई क्रेटा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने छ ।
५. फक्सवागन टाइगुन :

 
फक्सवागन टाइगुन र स्कोडा कुशकमा एउटै प्ल्याटफर्म, एउटै साइज र एउटै इन्जिन प्रयोग भएको छ । यसलाई पनि पुजा इन्टरनेशनलले भदौसम्ममा नेपाली बजारमा ल्याउनेगरि काम गरिरहेको छ ।
६. टाटा सफारी :

टाटाको आइकोनिक ब्राण्ड नेम सफारीको नयाँ जेनेरेशन मोडल पनि चाँडै नेपाल आउन सक्ने मोडलमा पर्छ । केहि समयअघि भारतमा विक्री सुरु भएको ७ सिट क्षमताको सफारी अटो शो अघिनै नेपाल आउने अनुमान गर्न सकिन्छ । टाटाले नेक्सन इलेक्ट्रीक पनि नेपाल ल्याउने तयारी गरिरहेको छ ।
७. हुन्डाई प्यालासेड :

हुन्डाईको सबैभन्दा महंगो एसयूभीको रुपमा प्यालासेड नेपाल आउने छ । कम्पनीले यसलाई पनि चाँडै नेपाली बजारमा उतार्ने अनुमान गर्न सकिन्छ । यसका अलावा नयाँ जेनेरेशन टुसान र हिजो मात्रै ग्लोवल प्रिमियर भएको ७ सिट क्षमताको अल्काजार पनि हुन्डाईले यहि वर्ष नेपाल ल्याउन सक्ने मोडल हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *