नेपाल आयो यामाहा MT 25, यस्ता छन् फिचर

काठमाडौं । जापानी मोटरसाइकल कम्पनी यामाहाको एमटी २५ नेपालमा आइपुगेको छ । कम्पनीले यामाहा एमटी २५ अहिले नेपाली सडकमा परिक्षण गरिरहेको बुझिएको छ ।
एशियाली बजारमा यामाहाले एमटी २५ मोटरसाइकल केही वर्ष अगाडि विक्री सुरु गरेको थियो । कम्पनीले नेपाली बजारमा बीएस ६ मापदण्ड बराबरको एमटी २५ ल्याएको हो । यो मोटरसाइकल केही समय पश्चात् नेपाली बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।
यामाहा एमटी २५ आफ्नो चर्चित मोटरसाइकल एमटी ०९ मा आधारित रहेको छ । यसमा फुल एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, डिजिटल इन्ष्ट्रुमेन्ट क्लष्टर दिएको छ । यो क्लष्टरमा मोटरसाइकलको स्पीड, गियर पोजिसन, आरपीएम, इन्धन लेवल लगायतका महत्वपूर्ण सूचनाहरु देखिने छ ।

यामाहाले यसमा २५० सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १२ हजार आरपीएममा ३६ पीएस पावर र २३.६ एनएम पिक टर्क प्रदान गर्नेछ । जुन यामाहा एफजेड २५ भन्दा निकै बढी पावर हो ।
अगाडि यूएसडी फर्क र पछाडि मोनोसक सस्पेन्सन दिइएको यामाहाको नयाँ क्वाटर लिटर नेकेड मोटरसाइकलमा दुबै चक्कामा डिस्क ब्रेक र डबल च्यानल एबीएस दिइएको छ ।
नेपालमा यामाहाको एमटी सिरिजको एमटी १५ र एमटी ०९ विक्री वितरण हुँदै आएको छ । यामाहा एमटी २५ भारतीय बजारमा भन्दा चाँडै नेपाली बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *