क्रसफायरले माग्याे डिलर

काठमाडौं । क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता क्लासिक ह्वील इम्पोर्ट एन्ड एक्सपोर्टले डिलर नेटवर्क विस्तार गर्ने भएको छ । कम्पनीले नेपालका विभिन्न सहरहरुमा डिलरको लागि आवेदन खुल्ला गरेको हो ।
पछिल्लो समय क्रस फायर मोटरसाइकल नेपाली बजारमा लोकप्रिय हुँदै गएका छन् । डिलर लिन कम्पनीको आधिकारिक वेवसाइटमा गएर फर्म भर्नु पर्ने हुन्छ ।
क्रस फायरका मोटरसाइकलहरु विशेष गरेर एड्भेन्चर स्पोर्टसमा रुची हुने चालकहरुको रोजाइमा पर्ने गरेको छ । क्लासिक ह्वीलले क्रस फायरका मोटरसाइकल तथा इटालिका ब्रान्डका स्कुटर तथा मोटरसाइकलहरु विक्री गर्दै आएको छ ।

कम्पनीले क्रसफायरका एचजे २५०, जीआर७ २५०, आरएम २५० रेस एडिशनका मोटरसाइकल विक्री गरिरहेको छ । क्रस फायर मोटरसाकलको आधिकारि डिलरका लिनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *