यामाहाले नयाँ डबल स्पोर्टस् मोटरसाइकल नेपाल ल्याउने

काठमाडौं । यामाहाले नेपाली बजारमा नयाँ डबल स्पोर्टस् मोटरसाइकल ल्याउने तयारी सुरु गरेको छ । कम्पनीले इन्डोनेशियामा उत्पादन भएको यामाहा डब्ल्यूआर १५५ नेपाल ल्याउने तयारी सुरु गरेको हो ।
यद्यपी कम्पनीले कुन मितिमा यो मोटरसाइकल नेपाल आउने छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन ।
यो यामाहाले उत्पादन गर्ने १५५ सीसी क्षमताको तिब्रगतिमा गुड्न सक्ने मोटरसाइकल हो । यसको डाइनामोमिटर टेष्टमा १५१ किलोमिटर प्रतिघन्टाको स्पीड मापन भएको मोटरसाइकल हो ।

यामाहाले ल्याउने डब्ल्यूआर १५५ ले हिरो एक्सपल्स २००, होन्डा एक्सआर १५०, हाउजे १५० जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा हुने देखिन्छ ।यो मोटरसाइलमा १५५ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १० हजार आरपीएममा अधिकम १६.७ पीएस पावर र ६५०० आरपीएममा १४.३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स उपलब्ध हुने छ ।

कम्पनीले यो मोटरसाइकलमा २४५ एमएम ग्राउन्ड क्लियरेन्स दिएको छ । फुल डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहेको यो मोटरसाइकललाई एड्भेञ्चर बनाउन अगाडि २१ इन्च र पछाडि १८ इन्चको आल्मुनियम ह्वील दिइएको छ ।
८ इन्चको फ्यूल ट्याङ, हाजार्ड लाइट, ड्यूल प्रपोज टायर, अगाडि लामो दुरीको यात्रा सुहाँउदो टेलिस्कोपिक फर्क र पछाडि ग्यास शक एब्जर्वर दिइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *