पोलिगन ब्रान्डका साइकल नेपालमा विक्री सुरु, यस्तो छ मूल्य

काठमाडौं । इन्डोनेशियन साइकल ब्रान्ड पोलीगन नेपाल आएको छ । प्याङन बाइक नेपालले पोलिगनका उत्पादन नेपाल ल्याएको हो ।
आज एक कार्यक्रम गर्दै कम्पनीले पोलिगन ब्रान्डको सिटी हाइब्रिड, लबल थ्री, क्रसकन्ट्री, ट्रेल, एन्ड्यूरो, डाउनहील लेवलका साइकल नेपाली बजारमा सार्वजनिक गरेको हो ।
उक्त कार्यकममा हास्य कलाकार सन्दिप क्षेत्री, म्याराथन धावक बैकुण्ठ मानन्धर, तेक्वान्दो खेलाडी दिपक बिष्ट र साइकल यात्री पुष्कर शाहको उपस्थीति रहेको थियो ।

पोलिगन ब्रान्डका साइकलहरु १५ हजार रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्मको रेञ्जमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्याङक नेपालले निकट भविष्यमा नै इलेक्ट्रीक साइकलसमेत नेपाली बजारमा ल्याउने जानकारी दिएको छ ।
कम्पनीले नेपालका विभिन्न सहरमा आफ्नो नेटवर्क विस्तार गर्ने तयारी गरेको समेत जनाएको छ । प्याङक नेपालले नेपाली बजारमा १९२५ देखि साइकल विक्री गर्दै आएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *