हुन्डाई अल्काजार सार्वजनिक, ह्वीलवेस सेग्मेन्टमै धेरै

काठमाडौं । हुन्डाईले ६ र ७ सिट अप्सनमा उपलब्ध हुने नयाँ एसयूभी अल्काजारको ग्लोवल प्रिमियर गरेको छ । कम्पनीले भारतमा उत्पादन गर्ने आफ्नो पहिलो थ्रि रो एसयूभीको ग्लोवल प्रिमियर गरेको हो ।
हुन्डाई क्रेटाको प्ल्याटफर्ममा तयार भएको नयाँ एसयूभी अल्काजारमा २७६० एमएमको ह्वीलवेस दिइएको छ । जुन महिन्द्रा एक्सयूभी ५००, टाटा सफरीको भन्दा धेरै हो । क्रेटाको भन्दा १५० एमएम लामो ह्वीलवेस यसमा पाउन सकिन्छ ।
ट्वीक्ड ग्रिल, अपग्रेडेड बम्पर, दुई एग्जस्ट पाइप, आल्मुनियम स्कीड प्लेट, १८ इन्चको अलोय ह्वील जस्ता फिचर यसको एक्स्टेरियरमा पाउन सकिन्छ ।

कम्पनीले यसमा २.० लिटर क्षमताको पेट्रोल र १.५ लिटर डिजेल इन्जिन दिएको छ । यसको इन्जिन टुसानको भन्दा पावर फुल रहेको छ ।यसमा प्रयोग भएको २.० लिटर पेट्रोल इन्जिनले अधिकतम १५९ हर्सपावर र १९२ एनएम टर्क प्रदान गर्ने छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।
यसमा रहेको डिजेल इन्जिन भने क्रेटाबाट नै लिइएको छ । उक्त इन्जिनले अधिकतम ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्ने छ । यसमा पनि ६ स्पीड म्यानुयल र ६ स्पीड टर्क कन्भटर्र अटोमेटिक गियरबक्स दिइएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *