मासिक २३ हजार किस्तामा स्वीफ्ट, बैशाखमा आउँदै नयाँ मोडल

काठमाडौं । मारुती सुजुकी स्वीफ्ट नेपालमा सफल ह्याचव्याक कारको रुपमा परिचित रहेको छ । स्वीफ्टको बाहिरी बनोट स्पोर्टस् डिजाइनबाट प्रेरित रहेको छ भने इन्टेरियर पनि उत्कृष्ट रहेको छ । यसलाई अहिले किन्न चाहने ग्राहकले मासिक २३ हजार रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्ने छन् ।
कारमा बैंक तथा वित्तीय संस्थाले सहजै कर्जा प्रबाह गरिरहेका छन् भने व्याजदर पनि कम नै रहेको छ । अहिले ६.९९ प्रतिशत व्याजदरदेखि नै अटो लोन पाउन सकिन्छ । यस्तोमा बजारमा उपलब्ध सबैभन्दा राम्रो व्याजदरमा स्वीफ्ट किन्ने हो भने मासिक किस्ता निकै कममा खरिद गर्न सकिन्छ ।
बैंकहरुले विशेषत ७ वर्षको लागि कर्जा प्रबाह गर्छन् भने विक्रेता कम्पनीले १ लाख २० हजारसम्म नगद छुट स्वीफ्टमा दिदै आएको छ ।

स्वीफ्टको सुरुवाती भेरियन्ट नै नेपालमा भिएक्सआईबाट सुरु रहेको छ । यसको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले दिने छुटलाई नघटाई हिसाव गर्दापनि मासिक ३० हजार ३८७ रुपैयाँ किस्ता तिर्नेगरि स्वीफ्ट किन्न सकिन्छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार गाडी किन्ने व्यक्तिले ५० प्रतिशत र कम्पनीको हकमा अनिर्वाय ३० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । यहाँ हामीले निकालेको हिसाव व्यक्तिले गाडी किन्दा लाग्ने रकमको हो ।

स्वीफ्ट किन्ने ग्राहकले १५ लाख ४९ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट वापत तिर्नु पर्छ भने त्यति नै रकम कर्जा लिन पाउने छन् । यसरी कर्जा लिदा लाग्ने सम्पूर्ण खर्च हेर्न यहाँ क्लीक गर्नुहोस् ।
कम्पनीले दिने छुट घटाउँदा केहि बढी नै व्याज लागेपनि ग्राहकले २३ हजार हाराहारी रकम मासिक किस्ता बुझाउँदा पुग्ने छ ।
तीन भेरियन्टमा किन्न पाइन्छ स्वीफ्ट
मारुती सुजुकी स्वीफ्ट विभिन्न ३ भेरियन्टमा बजारमा उपलब्ध रहेको छ । कम्पनीले भिएक्सआई, जेडएक्सआई र जेडएक्सआई प्लस भेरियन्ट बजारमा विक्री वितरण गर्दै आएको छ ।
भिएक्सआईको ३० लाख ९९ हजार, जेडएक्सआईको ३३ लाख ९९ हजार र जेडएक्सआई प्लसको ३७ लाख ६९ हजार रुपैयाँ मूल्य कायम रहेको छ ।
बैशाखमा आउँदै फेसलिफ्ट
सिजी मोटोकर्पले नयाँ वर्षको पहिलो महिनामै नयाँ स्वीफ्ट ल्याउने भएको छ । सन् २०१८ मा नयाँ जेनेरेशन स्वीफ्ट बजारमा ल्याएको मारुती सुजुकीले केहि कस्मेटिक परिमार्जनसहित फेसलिफ्ट मोडल भारतमा विक्री सुरु गरेको छ । सिजी मोटोकर्पले फेसलिफ्ट स्वीफ्ट आगामी महिनाबाट नेपालमा पनि विक्री सुरु गर्न लागेको हो । अहिलेको तुलनामा नयाँ स्वीफ्ट केहि महंगो हुने छ ।
सिजी मोटोकर्पले बैशाख १ गतेबाट आफ्ना सबै मोडलको मूल्य वृद्धि हुने यसअघि नै घोषणा गरिसकेको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *