बेनेलीले ल्यायो साना ह्याचव्याक कारभन्दा पावरफुल मोटरसाइकल, यस्तो छ मूल्य

काठमाडौं । बेनेलीले नेपालमा इन्ट्री लेवल कारभन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री सुरु गरेको छ । बेनेली मोटरसाइकलको आधिकारिक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ७५२एसको विक्री सुरु गरेको हो ।
आज बेनेलीको शोरुममा एक कार्यक्रम गर्दै ‘७५२ एस’को बिक्री सुरु भएको हो । इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यसको फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन रहेको छ । त्यसैगरि यसको फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालीपर ब्रेक रहेको छ । त्यस्तै यसमा १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटीक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर रहेको छ ।

रातो, कालो र सेतो कलरमा उपलब्ध यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *