डाउन पेमेन्ट नगरि हिरोका मोटरसाइकल किन्दा यस्ता कागजपत्र अनिवार्य

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नगद छुट तथा शून्य डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अफर ल्याएको हो ।
सून्य प्रतिशत डाउन पेमेन्ट योजनामा मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले आफ्नो आम्दानीको स्रोत खुल्ने कागज पत्र, बैंक स्टेटमेन्ट, नागरिकताको फोटोकपी, दुई प्रति फोटो, लाइसेन्सको फोटोकपी अनिर्वाय रुपमा पेश गर्नु पर्ने छ । त्यसैगरि साक्षी बस्नेको नागरिकताको फोटोकपी, आम्दानीको स्रोत खुल्ने कागजपत्र, विजुलको विल पेश गर्नु पर्ने हुन्छ । बिना डाउन पेमेन्ट १२५ सीसीसम्मका मोटरसाइकल मात्रै खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको नयाँ वर्ष स्कीममा ग्राहकले हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा ५ हजार रुपैयाँदेखि १० हजारुसम्म स्क्रयाच कार्डमार्फत नगद छुट प्राप्त गर्न सक्नेछन् । यसका अलावा मोटरसाइकल किन्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

हिरो हंक १५०, एक्स्ट्रीम १६० आर, एक्स्ट्रीम २००, एक्सपल्स २००, एक्सपल्स २०० टीमा भने शून्य प्रतिशत डाउन पेमेन्ट स्कीम लागु नहुने कम्पनीले बताएको छ ।
ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा हिरोको सम्पुर्ण स्कुटरहरु प्लेजर, डेस्टिनी, मजेष्ट्रो, डुएट र हिरोका मोटरसाइकलहरु स्प्लेन्डर सिरिज, ग्याल्मर, एचएफ डिलक्स जस्ता मोटरसाइकल खरिद गर्न सक्ने छन् ।
कम्पनीले ल्याएको शून्य प्रतिशत डाउनपेमेन्ट स्कीममा मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले दूई किस्ता बराबरको छुट्टा छुट्टै चेक पहिल्यै बुझाउनु पर्नेछ । यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकले २४ महिनामा सम्पूर्ण रकम तिर्नु पर्ने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *