मासिक किस्ता २२ हजारभन्दा कममै एसयूभी

काठमाडौं । नयाँ वर्षको मौका छोपेर सब फोर मिटर साइजको नयाँ एसयूभी किन्ने तयारी गर्दै हुनुहुन्छ भने तपाईले मासिक २१ हजार ७ सय रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्नु हुन्छ ।
निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले केहि दिनअघि नेपालमा विक्री सुरु गरेको सब फोर मिटर एसयूभी म्याग्नाइट किन्न चाहने ग्राहकले २२ हजारभन्दा कम मासिक किस्तामा यो गाडी खरिद गर्न सक्ने छन् ।
निसान म्याग्नाइट यो सेग्मेन्टकै सबैभन्दा कम मूल्यको एसयूभी हो । यसको सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने कम्पनीले ७५ हजार नगद छुट दिएको छ । छुटपछिको मूल्य २८ लाख ७४ हजार हुन्छ ।

व्यक्तिले अफ्नो नाममा गाडी किन्दा अनिर्वाय ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने कम्पनीको नाममा किन्दा ३० प्रतिशत डाउन पेमेन्ट बुझाउदा पुग्ने छ । ५० प्रतिशत डाउन पेमेन्टपछि ५० प्रतिशत रकम कर्जाको रुपमा लिएर ७ वर्षमा मासिक किस्ता तिर्न मिल्छ ।

निसान म्याग्नाइटको सुरुवाती भेरियन्ट खरिद गर्न चाहने ग्राहकले १४ लाख ३७ हजार रुपैयाँ डाउन पेमेन्ट र त्यति नै रकम कर्जा दिनु पर्ने हुन्छ । अहिले बजारमा ७ प्रतिशत व्याजदरमा धेरै बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध गराउँदै आएका छन् । यस्तोमा म्याग्नाइटको एक्सई बेस भेरियन्टको मासिक किस्ता २१ हजार ६९० रुपैयाँ हाराहारी पर्न आउँछ ।
११ भेरियन्टमा किन्न पाइन्छ म्याग्नाइट
कम्पनीले म्याग्नाइटको विभिन्न ११ भेरियन्ट नेपाल ल्याएको छ । म्याग्नाइटको १.० नेचुरल एस्पायर्ड इन्जिनमा ६ भेरियन्ट र टर्बो इन्जिनमा ५ भेरियन्ट उपलब्ध रहेका छन् ।

कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलरमा ल्याउने भएको छ । १.० टर्बो इन्जिनमा एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलर भेरियन्ट विक्री गर्दै आएको छ ।
कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरियन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्यूलको मूल्य ४३ लाख २९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
यस्ता छन् विशेषता
निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ ।
यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम रहेको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *