एक वर्षभित्र मूल्य धेरै बढाउनेमा बजाज, सबैभन्दा कम वृद्धि गर्नेमा हिरो र होन्डा (सूचीसहित)

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा मोटरसाइकलको मूल्य निरन्तर बढ्दै गएको छ । विभिन्न कारण मोटरसाइकलको मूल्य बढ्ने गरेको छ । भारतमा लागु भएको सुरक्षा मापदण्ड र नयाँ प्रदुषण मापदण्ड बीएस ६ का कारण मोटरसाइकलहरुमा विभिन्न नयाँ फिचरहरु थप हुँदै आएका छन् । यहि कारण पनि नेपाली बजारमा यसको असर परेको देखिन्छ ।
पछिल्लो समय बजाज, टीभीएस, होन्डा, हिरो, यामाहाले आफ्ना उत्पादनको मूल्य वृद्धि गर्दै आएका छन् । यसै सन्दर्भमा हामीले गत २०७६ फागुनमा नाडाले प्रकाशन गरेको सवारीसाधनको अधिकतम खुद्रा मूल्य र अहिले कम्पनीहरुले विक्री गर्दै आएको मूल्यलाई आधार मानेर १५० सीसी सेग्मेन्टका मोटरसाइकलमा कति मूल्य परिर्वतन भयो भन्ने बारे रिपोर्ट तयार पारेका छौं ।
यो एक वर्षको बीचमा बजाजले सबैभन्दा धेरै मूल्य वृद्धि गरेको छ । कम्पनीले पल्सर १५० टीडीमा १ वर्षको अवधिमा १२ हजार मूल्य वृद्धि गरेको छ । त्यसैगरि दोस्रो नम्वरमा यामाहाले एफजेडएस भी ३ मा १० हजार मूल्य वृद्धि गरेको छ । त्यसैगरि तेस्रो नम्वरमा सुजुकीले जिक्सर १५० मा ७ हजार रुपैयाँले वृद्धि गरेको छ ।

सबैभन्दा कम मूल्य वृद्धि गर्नेमा हिरो र दोस्रो नम्वरमा होन्डा रहेको छ । हिरोले ४ हजार र होन्डाले ६ हजार रुपैयाँ मूल्य वृद्धि गरेका छन् ।
 

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *