एक वर्षमा सुजुकीले बढायो १० हजारदेखि १ लाख ८० हजारसम्म मूल्य (सूचीसहित)

काठमाडौं । अघिल्लो वर्ष लकडाउन अघि फागुनमा २२ गते नाडाले आफ्ना सदस्यहरुले विक्री गर्ने सवारीसाधनको अधिकतम खुद्रा मूल्य प्रकाशन गरेको थियो । नाडाले हरेक ४ महिनामा एक पटक सवारीसाधनको अधिकतम खुद्रा मूल्य प्रकाशन गर्दै आएको छ ।
फागुन २२ गते नयाँ खुद्रा मूल्यसूची प्रकाशन भएको भएपनि २०७६ चैत ११ गतेबाट कोभिड १९ को कारण लकडाउन भएको थियो ।
लकडाउन पछि अन्तर्राष्ट्रिय बजारमा सवारीसाधनको उच्च मूल्यवृद्धि भएको छ । त्यसको असर नेपाली बजारमा कति परेको छ भन्ने विषयलाई हामीले कम्पनीहरुले अहिले तोकेको खुद्रा मूल्यसँग करिब १३ महिना अघि प्रकाशन भएको मूल्यलाई तुलनात्मकरुपमा केलाउने प्रयास गरेका छौं ।

मारुती सुजुकी कम मूल्यका कारको लागि परिचित ब्राण्ड हो । कम्पनीले नेपाली बजारमा धेरै विक्री गर्ने मोडल भिटारा ब्रेजा, स्वीफ्ट, सेलेरियो, अल्टो, वागेनआर र बलेनो हो । यी मध्य भिटारा ब्रेजा नयाँ पेट्रोल इन्जिनमा आएकाले मूल्यको तुलनात्मक अध्यनमा यहाँ प्रस्तुत गरिएको छैन । ब्रेजा बाहेक मारुती सुजुकीले एउटा नयाँ भेरियन्ट स्वीफ्टमा थप गरेको छ । त्यसको नयाँ मूल्य टेवलमा देखाइएको छ ।
मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले एक वर्षको अवधिमा १० हजारदेखि १ लाख ८० हजार रुपैयाँसम्मले मूल्य बढाएको छ । कम्पनीले अल्टो ८०० को सबै भेरियन्टमा १० हजार रुपैयाँले मूल्य बढाएको छ भने अल्टो के १० को मूल्य यथावत राखेको छ ।
वागेनआरमा ५० हजारदेखि १ लाखसम्मले मूल्य बढाएको कम्पनीले सेलेरियोका सबै भेरियन्टमा ५० हजार र स्वीफ्टको सबै भेरियन्टमा १ लाख रुपैयाँले मूल्य बढाएको छ । कम्पनीले प्रिमियम ह्याचव्याक बलेनोका तीनवटै भेरियन्टमा समान १ लाख ८० हजार रुपैयाँ मूल्य बढाएको छ ।
यस्तो छ चल्तीका माेडलमा एक वर्षको फरक

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *