नेपाल आयो होन्डा यूनिकर्नको नयाँ मोडल, यस्तो छ मूल्य

काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले सन् २०२१ मोडलको यूनिकर्न १५० नेपाल ल्याएको छ । कम्पनीको सर्वाधिक सफल १५० सीसी सेग्मेन्टको यूनिकर्न नेपालमा धेरै रुचाइएको मोडल हो ।
केहि समय उत्पादन नै बन्द भएर अघिल्लो वर्ष मात्र नेपाल आएको यूनिकर्न १५० सफल मोडलको सस्तो मोटरसाइकल हो । यसअघि यसको मूल्य अन्य मोडलको भन्दा महंगो देखिएपनि अहिले पल्सर १५० रेगुलर र यूनिकर्न १५० को खुद्रा मूल्य बराबर रहेको छ । स्याकार ट्रेडिङले २ लाख ६३ हजार ९ सय रुपैयाँ मूल्य निर्धारण गरेर यसको विक्री गर्दै आएको छ ।
नेपाली बजारमा फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल पर्छ । कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ । यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।
यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ । कम्पनीले अहिले देशका विभिन्न शोरुमहरुमा एक्स्चेन्ज मेला संचालन गरिरहेको छ । मेलामा होन्डा यूनिकर्न किन्नले ५ हजार एक्स्चेन्ज वोनस र नगदमा किन्दा ४ हजार रुपैयाँ छुट पाउने छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *