नेपाल आयो टाटाका सबै कार बीएस ६ इन्जिनमा, भोलिबाट आधिकारीक विक्री सुरु हुँदै

काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले आफ्नो सबै मोडललाई बीएस ६ इन्जिनमा नेपाल ल्याएको छ । कम्पनीले एच५, टियागो, टिगोर, नेक्सन र अल्ट्रोजको बीएस ६ मोडल बजारमा सार्वजनिक गर्न लागेको हो ।
सिप्रदी ट्रेडिङले सुरुवाती बुकिङ गर्ने १०० ग्राहकलाई विशेष अफर गरेको थियो । कम्पनीले सुरुमा बुकिङ गर्ने ग्राहकलाई आइफोन १२, आकर्षक नगद छुट, एक्स्चेन्ज बोनस, एक वर्षको निःशुल्क सर्भिस सुविधा र निःशुल्क जेनियुन एशोसरिजहरु दिने घोषणा गरेको थियो ।
कम्पनीले विक्री गर्दै आएका यी कार बीएस ४ मापदण्डबाट बीएस ६ मापदण्डमा अपग्रेड भएका हुन् । नयाँ अपग्रेडसँगै यसको मूल्यपनि केहि बढ्ने भएको छ । नयाँ मूल्य कम्पनीले भोलि नै सार्वजनिक गर्ने बताएको छ ।

पछिल्ला दिनमा निकै आक्रमक बजार विस्तारमा लागेको टाटाले नयाँ प्ल्याटफर्म निर्माण गरेर गाडी उत्पादन गर्दै आएको छ । कम्पनीको नेक्सन, अल्ट्रोज, टियागो र एच५ ग्राहकले मनपराएका मोडल हुन् ।
बीएस ६ मापदण्डका गाडी किन्ने ग्राहकले सन् २०२१ मोडल नै किन्न सक्ने छन् ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *