ठूलो पेट्रोल इन्जिन र प्रतिस्पर्धी मूल्यले सेग्मेन्टमै नयाँ रेकर्ड बनाउँदै मारुती सुजुकी ब्रेजा

काठमाडौं । मारुती सुजुकीको आधिकारीक विक्रेता सिजी मोटोकर्पले भिटारा ब्रेजाको पेट्रोल इन्जिन सहित गत साउनबाट नेपालमा विक्री सुरु गरेको थियो । विक्री सुरु गरेको छिटो समयमा नै ब्रेजाले उत्कृष्ट व्यापार पाएको छ ।
सब फोर मिटर सेग्मेन्टमा हुन्डाई भेन्यू, टाटा नेक्सन, फोर्ड इकोसपोर्ट, महिन्द्रा एक्सयूभी-३०० जस्ता गाडीसँग प्रतिस्पर्धामा उत्रिएको ब्रेजा १.५ लिटर क्षमताको ठूलो इन्जिन र प्रतिस्पर्धी मूल्यको कारण नेपालमा सफल भएको हो ।
‘ब्रेजा डिजेल इन्जिनमा पनि धेरै विक्री भएको गाडी हो । नेपालमा डिजेलको तुलनामा पेट्रोल गाडी खोज्ने धेरै छन् । यस्तोमा पेट्रोल इन्जिनमा आएसँगै ब्रेजाको माग उच्च भयो’, सिजी मोटोकर्पका मार्केटिङ हेड करुण शाक्यले मेरोअटोसँग भने ।
शाक्यका अनुसार ब्रेजामा रहेको १.५ लिटर क्षमताको इन्जिन यसको सबैभन्दा बलियो पक्ष हो भने ठूलो इन्जिनका बाबजुद उत्कृष्ट माइलेज अर्को सबल पक्ष हो । तुलनात्मक रुपमा ब्रेजाको मूल्यले पनि यसलाई सफल बनाएको शाक्यको दावी छ ।

कम्पनीले नयाँ ब्रेजा नेपालमा ल्याएसँगै यसको माग र विक्री निकै बढेको छ । साउन यता मात्रै कम्पनीले करिब ९ सय यूनिट ब्रेजा नेपाल ल्याइसकेको छ ।
विभिन्न तीन भेरियन्टमा विक्री वितरण भइरहेको ब्रेजाको भिएक्सआई भेरियन्टको मूल्य ४१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने जेडएक्सआई प्लस भेरियन्टको ४४ लाख ६९ हजार रुपैयाँ रहेको छ । साथै, भिएक्सआई प्लस ड्यूलटोनको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
मारुती सुजुकीले यसअघि रहेको १.३ लिटर डिजेल इन्जिनलाई परिवर्तन गरेर १.५ लिटर पेट्रोल इन्जिनमा ल्याएसँगै यसको माग नेपालमा बढेको देखिन्छ । यसमा रहेको १४६२ सीसी क्षमताको ‘के १५ बी’ इन्जिनले अधिकतम ६००० आरपीएममा १०५ बीएच पावर र ४४०० आरपीएममा १३८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
माइलेको कारण पनि ब्रेजा चर्चामा रहेको छ । यसले प्रतिलिटर १८ किलोमिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । यद्यपी सडकमा यसको माइलेज १२ देखि १४ किलोमिटर प्रतिलिटर हुने विभिन्न परिक्षणले देखाएको छ ।

नेपालमा कार खोज्दा जापानी उत्पादकले उत्पादन गरेको खोज्ने चलन अहिलेपनि रहेको पाइन्छ । यस्तोमा भारतमा मारुती सुजुकीले उत्पादन गरेको कार भएपनि सुजुकीको लोगोले धेरैलाई विश्वास जगाएको छ ।
परम्परागत डिजाइनमा तयार भएको एसयूभी भएपनि ग्राहकले यसको बाहिरी बनोट निकै स्पोर्टी पाउन सक्छन् । फुल एलइडी प्राेजेक्टर हेडल्याम्प, स्क्यावर सेप ह्वील, मस्कुलर बम्पर, अगाडि र पछाडि दिइएको स्कीड प्लेट आदिले यसलाई आकर्षक देखाएको छ ।
नेपालमा मारुती सुजुकीले विक्री गरेका सबै मोडलको रिसेल मूल्य उत्कृष्ट रहेको छ । कम्पनीले देशभर बनाएको विक्री नेटवर्क र सर्भिस नेटवर्कको कारणपनि धेरै मानिसको विश्वास मारुती सुजुकीले जित्दै आएको छ । यसको फाइदा भिटारा ब्रेजाले पनि पाएको देखिन्छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *