नयाँ इन्जिन र क्रुज कन्ट्रोलसहित आउँदै नयाँ स्वीफ्ट

काठमाडौं । मारुती सुजुकी इन्डियाले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टको फेसलिफ्ट मोडल चाँडै बजारमा ल्याउने भएको छ । कम्पनीले स्वीफ्टको अगाडिको ग्रिलसहितको तस्विर सार्वजनिक गरेर चाँडै फेसलिफ्ट स्वीफ्ट बजारमा आउने जानकारी दिएको हो ।
कम्पनीले आफ्नो वेभसाइटमा पनि नयाँ स्वीफ्ट लिस्टेड गरिसकेको छ । यसले मार्च २०२१ को पहिलो साता नै यसलाई बजारमा उतार्ने तयारीमा कम्पनी जुटेको अनुमान गर्न सकिन्छ ।
कम्पनीले नयाँ स्वीफ्टलाई केहि कस्मेटिक परिमार्जन र केहि प्रविधिक परिमार्जन सहित बजारमा ल्याउन लागेको अनुमान गरिएको छ । कम्पनीले सार्वजनिक गरेको तस्विरमा हनिकब ग्रिलको साथ बीचमा होरिजेन्टल क्रोम फिनिसिङ देख्न सकिन्छ । साथै, कम्पनीले पहिलो पटक स्वीफ्टलाई ड्यूल टोन कलर अप्सनमा पनि बजारमा ल्याउने अनुमान गरिएको छ ।
नयाँ स्वीफ्टमा १५ इन्चको अलोय ह्वील दिइने छ । यसले गाडीलाई थप स्टाइलिस र स्पोर्टी बनाउने छ । यसको अलावा कम्पनीले यसको क्याविनमा पनि केहि परिमार्जन गर्नेछ । पहिले कै जस्तो ब्ल्याक कलर थेममा यसको क्याविन रहने छ । यसका अलावा सिट लगायतका अन्य चिजमा केहि परिमार्जन देख्न सकिने छ । पहिलो पटक कम्पनीले स्वीफ्टमा क्रुज कन्ट्रोलको सुविधा प्रदान गर्ने छ ।
हेडलाइड, डेटाइम रनिङ लाइट र टेल लाइडहरु सबै एलइडी रहने नयाँ स्वीफ्टमा ७ इन्चको स्मार्ट स्टुडियो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी कलर डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ जस्ता फिचर उपलब्ध रहने छ ।
नयाँ स्वीफ्टमा भएको सबैभन्दा ठूलो परिमार्जन यसको इन्जिन हो । कम्पनीले यसअघि प्रयोग भएको के१२एम इन्जिनलाई हटाएर के१२एन मल्टीजेट इन्जिन दिने छ । उक्त इन्जिनले अधिकतम ९० पीएस पावर प्रदान गर्ने छ । जुन यसअघिको इन्जिनको तुलनामा ८ पीएसले बढी हो । यसमा आइडियल स्टार्ट/स्टप सिस्टम दिइएको छ ।
नयाँ स्वीफ्ट ५ स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्समा उपलब्ध रहने छ ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *