नेपालमा विक्री सुरु भयो निसान म्याग्नाइट, यस्ता छन् फिचर

काठमाडौं । नेपाली बजारमा निसानको पछिल्लो नयाँ एसयूभी म्याग्नाइटको विक्री सुरु भएको छ । निसानको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटको विक्री सुरु गरेको हो ।
कम्पनीले म्याग्नाइटको विभिन्न ११ भेरियन्ट नेपाल ल्याउने भएको छ । म्याग्नाइटको १.० नेचुरल एस्पायर्ड इन्जिनमा ६ भेरियन्ट र टर्बो इन्जिनमा ५ भेरियन्ट नेपाल ल्याएको हो ।

कम्पनीले नेचुरल एस्पायर्डमा एक्सई, एक्सएल, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलरमा ल्याउने भएको छ । १.० टर्बो इन्जिनमा एक्सएल मिड, एक्सभी अपर मोनो, एक्सभी ड्यूल कलर, एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल कलर भेरियन्ट उपलब्ध रहेको छ ।
कम्पनीले यसको सुरुवाती भेरियन्ट एक्सईको मूल्य २९ लाख ४९ हजार रुपैयाँ निर्धारण गरेको छ भने सबैभन्दा टप भेरियन्ट टर्बो इन्जिन सहितको एक्सभी प्रिमियम ड्यूलको मूल्य ४२ लाख ७९ हजार रुपैयाँ निर्धारण गरेको छ ।
निसान म्याग्नाइटमा अराउन्ड भ्यू मोनिटर, ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, मोवाइल होल्डरको साथ रियर आर्मरेष्ट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, इको फङ्सन, कलर र वेलकम एनिमेशन जस्ता फिचर पाउन सकिन्छ ।
कारमा दिइएको लाइटहरु सबै एलइडी प्रयोग गरिएको छ भने ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टमले ड्यासबोर्डलाई आकर्षक बनाएको छ । सेग्मेन्टमा नै पहिलो पटक उपलब्ध ३६० डिग्री क्यामेराले ग्राहकलाई लोभ्याउने छ ।
यसमा १.० लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । सानो इन्जिनको कारण यसको मूल्य सेग्मेन्टमा नै अहिलेसम्मकै सबैभन्दा कम रहेको हो ।

Source link

Share:

Leave a Reply

Your email address will not be published. Required fields are marked *